मकवानपुरमा बालबालिकामा कुपोषणको समस्या वर्षेनि बढ्दै

 कात्तिक ९, २०८१ शुक्रबार १२:१९:० | रासस
unn.prixa.net

मकवापनुर – मकवानपुरमा बालबालिकामा कुपोषणको समस्या वर्षेनि बढ्दै गएको छ । पोषिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको मकवानपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो । यद्यपि कुपोषणको शिकार बनेका बालबालिकाले उपचारपछि स्वाथ्य लाभ गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा एक सय ३३ जना बालबालिकामा कडा कुपाेषित फेला परेकाेमा उपचारपछि ५९ जना स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् । बाँकी बालबालिकाको अझै उपचार भइरहेको छ । पोषण सुधार गर्न जिल्लामा सरकारी तथा गैरसरकारी क्षेत्रबाट कार्यक्रम सञ्चालन भइरहेको छ ।

यस्तै गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषण सुधार गर्न एकीकृत पोषण कार्यक्रम सञ्चालनमा छ । मकवानपुरमा जन्मिएको १२ महिनाभित्र बालबालिकाको तौल लिनेको सङ्ख्या पनि बढेको छ ।

दुई वर्षभित्रका बालबालिकाको कम्तीमा २४ पटक वजन मापन गर्नुपर्नेमा दुई वर्षमा पाँचपटक मात्र बालबालिकाको वजन मापन हुने गरेको प्रमुख मिजारले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया