विश्वकप क्रिकेट लिग–२ : नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित शृङ्खला आजदेखि

 कात्तिक ९, २०८१ शुक्रबार १८:२७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकामा अभ्यास गर्दै नेपाली टाेली । तस्वीर : क्यान

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय एकदिवसीय शृङ्खला आजदेखि शुरू हुँदैछ । उद्घाटन खेलमा आज राति सवा ९ बजे डालासमा घरेलु टोली अमेरिका र स्कटल्यान्ड खेल्दैछन् ।

नेपालले पर्सि आइतवार अमेरिकासँग खेल्दै लिग–२ शृङ्खलाको शुरुआत गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा आउँदो मङ्गलवार स्कटल्यान्डसँग, तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा यो शृङ्खलाको अन्तिम खेलमा स्कटल्यान्डसँग कात्तिक १९ गते खेल्नेछ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल ८ खेलमा ३ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । यस्तै अमेरिका ८ खेलमा १२ अङ्कसहित दोस्रो र स्कटल्यान्ड ७ खेलमा ९ अङ्कसहित पाँचौं स्थानमा छ । लिग–२ को शीर्ष स्थानमा रहेको क्यानडाको १२ खेलमा १६ अङ्क छ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया