नामिबियाका कप्तान एरास्मसले काठमाण्डौ गुर्खाजबाट एनपीएल खेल्ने

 कात्तिक १०, २०८१ शनिबार ९:४६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नामिबियाको क्रिकेट टोलीका कप्तान जेहार्ड एरास्मसले काठमाण्डौ गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । काठमाण्डौले दोस्रो विदेशी खेलाडीका रुपमा अलराउन्डर एरास्मसलाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ ।

यसअघि काठमाण्डौले विदेशी खेलाडीका रुपमा नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको थियो । एरास्मसले नामिबियाका लागि ५२ एकदिवसीय तथा ६५ टी–२० खेल खेलेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आउँदो मङ्सिर १६ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् ।
 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया