भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता फागुनमा हुने

 कात्तिक १०, २०८१ शनिबार १५:८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आउँदो फागुन फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को स्वीकृतमा समय निर्धारण भएको आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबसहित भारत, भुटान, बङ्गलादेशका टोलीको प्रतियोगितामा सहभागिता रहनेछ । २०७९ सालमा भएको पहिलो संस्करणमै चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण थप परिस्कृत हुनेगरी तयारी गर्ने ढकालले बताउनुभयो ।

प्रतियोगिता मेची रङ्गशालामा आयोजना हुनेछ । पहिलो संस्करणको उपाधि मछिन्द्र फुटबल क्लबलाइ हराउँदै त्रिभुवन आर्मी एफसीले जितेको थियो ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया