अहिले नै सरकार हटाउने पक्षमा छैनौं : प्रचण्ड

 कात्तिक १०, २०८१ शनिबार १७:०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई अहिले नै हटाउने पक्षमा आफूहरु नरहेको बताउनुभएको छ ।

काठमाण्डौमा पार्टीले आयोजना गरेको खबरदारी सभामा बोल्दै अध्यक्ष प्रचण्डले सरकारलाई तत्काल हटाउनका लागि आफूहरुले खबरदारी सभा नगरेको बताउनुभयो । सत्तारुढ दलहरूले नै सरकार ढल्ने भ्रम फैलाइरहेको उहाँको दाबी छ ।

अध्यक्ष प्रचण्डले माओवादी सरकार ढाल्ने काममा नलाग्ने तर, सरकारमा रहेका दलहरू ’भ्रष्टाचारको रक्षा, सुशासनको विपक्ष र बिचौलियाको पक्षमा’ गइरहेकाले आफै ढल्ने जिकिर गर्नुभयो । अध्यक्ष प्रचण्डले आउँदो चुनावमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने घोषणा पनि गर्नुभयो । कांग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया