आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमेरिकासँग खेल्दै

 कात्तिक ११, २०८१ आइतबार ६:१९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दैछ । यो खेल डालासमा राति सवा नौ बजे शुरु हुँदैछ । खेलको लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको छ ।

टोलीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल रहेका छन् । देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ । नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित शृङ्खला अस्तिदेखि शुरु भएको हो ।

पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराएको थियो । अघिल्लो महिना क्यानडामा भएको त्रिदेशीय शृङ्खला सकेर नेपाल अमेरिका पुगेको हो । क्यानडामा भएको खेलमा नेपालले एउटा खेल पनि जित्न सकेको थिएन ।

लिग–२ मा आठ खेलमा तीन अङ्कसहित नेपाल पुछारबाट दोस्रो स्थानमा छ । अमेरिका दोस्रो र स्कटल्याण्ड चौथो स्थानमा छन् । १६ अङ्कसहित क्यानडा शीर्ष स्थानमा छ । 

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया