रसुवागढी–केरूङ नाका बन्द रहेको एक महिनापछि भोलिदेखि सञ्चालनमा ल्याउने तयारी

 कात्तिक ११, २०८१ आइतबार ७:१२:८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग भोलिदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।

अविरल वर्षाले क्षति पुर्‍याएका कारण अघिल्लो महिना असोज १२ गतेदेखि अवरूद्ध चिनियाँ भागको सडक आजसम्ममा मर्मत तथा पुनःनिर्माणको काम सकेर भोलिदेखि गाडी चल्ने गरी सञ्चालनमा ल्याउने सिमाक्षेत्रका समकक्षीले हिजो टेलिफोनमार्फत् जानकारी दिएका रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।

नाका सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसायलाई निरन्तरता दिने काममा ल्हासामा रहेको नेपाली वाणिज्य महादूत नवराज ढकालले सहजीकरण गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा सडक अवरूद्व भएको थियो । सडक अवरूद्ध हुँदा चिनियाँ मालसामानको ढुवानी गर्ने गाडी टिमुरे क्षेत्रमै रहेका पाङसिङको चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया