साफ महिला च्याम्पियनशिप : भुटानलाई ७–१ गोलले हराउँदै बङ्गलादेश फाइनलमा

 कात्तिक ११, २०८१ आइतबार १५:३१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – भुटानलाई हराउँदै साविक विजेता बङ्गलादेश दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालमा आज भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलले हरायो । बङ्गलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । यस्तै सबिना खातुनले २ तथा रितु पोरन चक्मा र मसुर प्रभीनले समान १ गोल गरे । भुटानकी देकी ल्हजोमले १ गोल फर्काइन् । बङ्गलादेश समूह 'ए' को विजेता र भुटान समूह 'बी' को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

साफ महिला च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा अहिले बेलुकी साढे ६ बजे नेपाल र भारत खेल्दैछन् । नेपाल समूह 'बी' को विजेता बन्दै र भारत समूह 'ए' को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । प्रतियोगिताको फाइनल खेल आउँदो बुधवार हुनेछ ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया