जापानमा मध्यावधि चुनाव : सत्तारूढ दल 'एलडीपी' लाई बहुमत जोगाउन कठिन हुने अनुमान

 कात्तिक ११, २०८१ आइतबार १८:२८:२५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

जापानमा आज भएको चुनावमा प्रधानमन्त्री शिगेरु इशिबा र उहाँको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले सन् २००९ यताकै सबैभन्दा खराब नतिजाको सामना गर्नुपर्ने सर्वेक्षणहरूले देखाएका छन् ।

जनमत सर्वेक्षणहरूले परम्परावादी एलडीपी र यसको कनिष्ठ गठबन्धन साझेदारले बहुमतभन्दा कम सिट ल्याउने खतरा देखाएका बीबीसीले जनाएको छ । यसले इशिबालाई सत्ता समीकरणबाट नै बाहिरिनेसम्मको अवस्था ल्याउन सक्ने अनुमान छ ।

सात दशकदेखि जापानमा शासन गर्दै आएको एलडीपीको नेतृत्वका लागि गएको महिना भएको चुनावमा सामान्य बहुमतका साथ निर्वाचित भएपछि पूर्वरक्षामन्त्रीसमेत रहेका ६७ वर्षीय इशिबाले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै मध्यावधि चुनावको घोषणा गर्नुभएको थियो । तर विश्वको चौथो ठूलो अर्थतन्त्र भएको जापानमा बढ्दो मूल्यवृद्धि र पूर्वप्रधानमन्त्री फुमियो किशिदाको ख्यातिमा असर पारेको उपहार काण्डले मतदातालाई निराश पारेको छ ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया