शिक्षकहरूले काठमाण्डाै केन्द्रित आन्दाेलन थालेकाे १० दिन पुग्याे

शिक्षकहरूले आफ्नाे मात्र हित हेरेकाे प्रधानमन्त्री ओलीकाे भनाइ

 चैत २९, २०८१ शुक्रबार १८:१८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाण्डाै केन्द्रित आन्दोलन थालेको आज १० दिन पुगेको छ । देशभरका शिक्षकले चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शनमा गर्दै आएका हुन् । उनीहरूले लगातार काठमाण्डौको माइतीघर–बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् ।

सरकारसँग संवाद थालनी गरे पनि शिक्षकहरू शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् । आन्दोलनरत शिक्षक र सरकारबीच हिजोदेखि वार्ता शुरू भए पनि सहमति हुन सकेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री विद्या भट्टराई तथा मन्त्रालयका सचिव डा. दीपक काफ्लेसहित मन्त्रालयको टोलीसँग आन्दोलनरत शिक्षकको तर्फबाट शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीसहितको टोली वार्तामा सहभागी छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हेरेको भन्दै यसले समाधान नदिने बताउनुभएको छ । नेकपा एमालेले आज बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले वार्ताका लागि सरकारले बोलाइसकेकाले शिक्षकहरूले सडकमा गएर प्रदर्शन गर्नुनपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया