प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलको खेल बराबरी, सिटीको शीर्षस्थान कायमै

 कात्तिक १२, २०८१ सोमबार ७:२२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल र लिभरपुल २–२ गोलको बराबरी खेलेका छन् ।

आर्सनललाई हराएमा लिभरपुल म्यानचेस्टर सिटीलाई पछि पारेर शीर्ष स्थानमा पुग्ने सम्भावना रहेकोमा खेल बराबरीमा सकिएपछि लिगको अङ्क तालिकामा म्यानचेस्टर सिटीको शीर्षस्थान कायमै रहेको छ ।

लिगको नवौं खेल सकिँदा लिभरपुल २२ अङ्कसहित दोस्रो र आर्सनल १८ अङ्कसहित तेस्रो स्थानमा छन् । शीर्ष स्थानमा रहेको सिटीको २३ अङ्क छ । हिजै भएको खेलमा क्रिष्टल प्यालेसले टोटनहमलाई १–० गोलले पराजित गरेको छ ।

यस्तै वेस्टहमले म्यानचेस्टर युनाइटेडलाई २–१ र चेल्सीले न्यू क्यासललाई २–१ गोलले पराजित गरेका छन् । 
 

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया