समता घरेलु लघुवित्तको एफपीओमा आवेदन खुल्याे

 कात्तिक १२, २०८१ सोमबार १२:१२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – समता घरेलु लघुवित्तको एफपीओमा आवेदन खुला भएको छ । कम्पनीले तीन लाख ५० हजार नाै सय चार कित्ता एफपीओ जारी गरेको हो ।

प्रतिकित्ता एक सय रुपैयाँका दरले जारी हुने एफपीओमा सर्वसाधारणले आजदेखि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले एफपीओबाट तीन करोड ५० लाख ९० हजार चार सय २५ रुपैयाँ सङ्कलन गर्नेछ । न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत शेयर निष्कासन गर्नुपर्ने प्रावधानअनुसार ३० प्रतिशत पुर्‍याउन समता लघुवित्तले एफपीओ जारी गरेको हो । हिजो बजार बन्द हुँदा समता लघुवित्तको शेयर मूल्य प्रतिकित्ता आठ सय ५२ रुपैयाँ छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया