इङ्गल्यान्डका अलराउन्डर ल्युकले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग खेल्ने

 कात्तिक १२, २०८१ सोमबार १५:१५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्गल्यान्डका अलराउन्डर ल्युक बेनकेनस्टेनले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । अलराउन्डर ल्युकलाई दोस्रो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको चितवन राइनोजले जनाएको छ ।

१९ वर्षीय ल्युकले ११ टी–२० क्रिकेटमा एक सय ५८ भन्दा धेरैको स्ट्राइक रेटमा एक अर्धशतकसहित एक सय ३६ रन बनाउनुका साथै ४ विकेट लिएका छन् । ल्युकले यही वर्षको जनवरीमा दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको विश्वकपमा इङ्गल्यान्डको उपकप्तानी गरेका थिए ।

चितवनले यसअघि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मस्र्यान्ट डे लाङ्गालाई अनुबन्ध गरेको थियो । चितवन राइनोजको मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उपेश पटवाल रहेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया