मेराे कार्यकालभित्रै काठमाण्डौ उपत्यकामा खानेपानीको समस्या समाधान गर्छु : मन्त्री यादव

 कात्तिक १२, २०८१ सोमबार १५:१६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाण्डौ उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

हिजो काठमाण्डौमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले काठमाण्डौ उपत्यकामा अहिले ५१ करोड लिटर पानीको माग रहेको र भविष्यलाई पनि मध्यनजर गरी पानीको समस्या समाधान गर्न आफू लागिपरेको बताउनुभयो । उहाँले तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट बनाउन सुन्दरीजलमा टेन्डरका लागि प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो ।

शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा केही रकम खर्च गरेर पानी काठमाण्डौ पथान्तरण गर्ने व्यवस्थामा पनि मन्त्रालय लागेको उहाँले उल्लेख गर्नुभयो । खानेपानीमन्त्री यादवले काठमाण्डौवासीलाई १२ महिना नै पानी खुवाउने गरी मन्त्रालयले काम गरिरहेको दाबी गर्नुभयो ।

उहाँले प्राविधिक समस्याका कारण मन्त्रालयलाई केही समस्या परेकाले नीति, नियमहरू संशोधन गरी अघि बढिरहेको बताउनुभयो । सिस्नेरीबाट पानी निकट भविष्यमै काठमाण्डौ ल्याउने तयारी भइरहेको पनि मन्त्री यादवको भनाइ छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया