एमालेले दान लिएकाे जग्गामा कुनै संरचना नबनाउन सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश

 कात्तिक १२, २०८१ सोमबार १७:५०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सर्वोच्च अदालतले व्यापारी मीनबहादुर गुरुङले एमालेलाई दान लिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सुनुवाइ गर्दै गुरुङले दान दिएको जग्गामा तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश दिएको हो ।

विभिन्न कसूरमा चलिरहेका व्यक्तिले कुनै पार्टीलाई करोडौं रुपैयाँको जग्गादान दिनु भ्रष्टाचार भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेत र श्यामकृष्ण मास्केले रिट दायर गर्नुभएको थियो । आज सर्वोच्चले जग्गामा संरचना नबनाउन अन्तरिम आदेश दिएको हो ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया