टीकापुर विमानस्थलमा निगम र तारा एअरकाे परीक्षण उडान

 कात्तिक १२, २०८१ सोमबार १८:१४:० | रासस
unn.prixa.net

कैलाली – कैलालीको टीकापुरमा आज विमान परीक्षण उडान भएको छ । टीकापुर नगरपालिका–१ बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान भएको हो ।

टीकापुर विमानस्थलमा नेपाल वायु सेवा निगम र तारा एअरको विमान परीक्षण उडान भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री अरुणकुमार चौधरीले तिहारलगत्तै नियमित विमान सञ्चालन गरिने बताउनुभयो । उहाँका अनुसार नियमित विमान सञ्चालन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा गरिनेछ ।

स्वर्गीय गृहमन्त्री खड्गबहादुर सिंहले २०४१ सालमा विमानस्थल सञ्चालनमा ल्याउनुभएको थियो । तीन वर्षसम्म नियमित सञ्चालनमा आएको विमानस्थल २०५२ सालपछि द्वन्द्वकाल शुरू भएसँगै नियमित विमान सेवा रोकिएको थियो ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया