रोड्रीलाई बालोन डी’ओर अवार्ड : रियल म्याड्रिडले कार्यक्रम बहिष्कार गर्‍याे

 कात्तिक १३, २०८१ मंगलबार ८:५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्पेनका राष्ट्रिय फुटबल खेलाडी तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यसवर्षको पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन् ।

फ्रान्सको पेरिसमा रहेको थिएटर डु शाटेलेटमा भएको भब्य समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन् ।

रोड्रीले यसवर्ष स्पेनलाई युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । साथै उनले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि पनि जितेका थिए । २८ वर्षीय रोड्री सेप्टेम्बरमा घुँडाको चोटले खेलबाट बाहिरिएका थिए ।

यसैबीच महिलातर्फको अवार्ड बार्सिलोनाकी एइताना बोनमतीले जितेकी छिन् । २५ वर्षीया एइतानाले स्पेन र बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै यो पुरस्कार जितेकी हुन् । यस्तै स्पेनका लागि महिला विश्वकप–२०२३ जिताउन योगदान गरेकी थिइन ।

यसैबीच, रियल म्याड्रिडले बालोन डी’ओर अवार्ड कार्यक्रम बहिष्कार गरेको छ । भिनिसियस जुनियरले बालोन डी’ओर जित्ने यसअघि अनुमान गरिएको थियो । तर अन्तिम समयमा रोड्रीले यो अवार्ड जित्ने भएपछि रियल म्याड्रिडले कार्यक्रम बहिष्कार गरेको हो ।

फ्रान्सको फुटबल फेडेरेसनले हरेक वर्ष दिने यो अवार्ड सन् २००८ देखि पहिलो पटक लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबाहेक तेस्रो खेलाडीले पाएका हुन् ।

यसअघि सन् २०१८ मा लुका मोड्रीच र सन् २०२२ मा करिम बेन्जमाले पाएका थिए । यस वर्ष भने मेस्सी र रोनाल्डो दुवै मनोनयनमा परेनन् । गएको वर्ष यो अवार्ड मेस्सीले जितेका थिए ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया