बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – बाढी पहिरोका कारण एक महिनादेखि ठप्प रहेको रसुवागढी नाकाबाट आजदेखि कन्टेनर नेपाल प्रवेश गर्न थालेका छन् ।
रसुवागढी नाकाबाट चीनको केरुङतर्फको सडकमा धेरै क्षति पुगेकाले एक महिनादेखि चीनबाट नाकासम्म कन्टेनर आउन पाएका थिएनन् । चीन सरकारले सडकको पहिरो पन्छाएसँगै आजदेखि मालवाहक कन्टेनर नेपालको रसुवागढी नाकामा भित्रिन थालेका छन् । सडक क्षतिग्रस्त भएपछि दशैँ, तिहार र छठका लागि झिकाइएका मालसामान एक महिनादेखि चीनतिरै रोकिएका थिए ।
चिनियाँ अधिकारीहरूले सामानसहित १३ टन तौल भएका मालवाहक गाडीमात्र एकतर्फी आउजाउ गर्नसक्ने सूचना पठाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । कन्टेनरहरू बिहान केरुङबाट नेपाल आउने र बेलुकी नेपालबाट केरुङ जाने तालिका मिलाइएको पनि उहाँले बताउनुभयो ।
केरुङको गोदाममा राखेका र कन्टेनरमा लोड गरेका हजारौं टन मालवस्तु चीनतिरै छन्, यी मालवस्तु अब बिस्तारै नेपाल आउनेछन् । १३ टन तौलको सीमा तोकिएको र एकतर्फी सडकका कारण सबै सामान नेपाल आउन लामो समय लाग्ने भन्सार कार्यालयले जनाएको छ ।
स्याउ, आँप, किबी, ओखर, लसुनलगायतका कुहिने र सडेर जानसक्ने वस्तु रहेका कन्टेनर एक महिनादेखि रोकिँदा करोडौं रुपैयाँ नोक्सानी भएको व्यवसायीले गुनासो गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।