न्युजिल्यान्डका मार्टिन गप्टिलले विराटनगर किङ्ग्सबाट खेल्ने

 कात्तिक १४, २०८१ बुधबार १८:२५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्यान्डका दिग्गज ब्याटर मार्टिन गप्टिलले विराटनगर किङ्ग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । ३८ वर्षीय गप्टिललाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको विराटनगर किङ्ग्सले जनाएको छ ।

गप्टिलले न्युजिल्यान्डका लागि तीन वटै फर्म्याट खेलेका छन् । उनले ४७ टेस्टमा २ हजार ५ सय ८६, १ सय ९८ एकदिवसीयमा ७ हजार ३ सय ८६ र १ सय २२ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ हजार ५ सय ३१ रन बनाएका छन् । यस्तै उनीसँग विश्वका चर्चित फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।

गप्टिल एनपीएलमा आबद्ध हुने अहिलेसम्मका विदेशी खेलाडीमध्ये सबैभन्दा ठूलाे नाम हाे । उनले एकदिवसीय विश्वकपमा सर्वाधिक व्यक्तिगत रन बनाएका छन् । उनले सन् २०१५ को विश्वकपमा वेस्ट इन्डिजसँगकाे खेलमा नटआउट २ सय ३७ रन बनाएका थिए ।

राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने मार्की खेलाडी रहेका विराटनगरको मुख्य प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केबिन ओ ब्राइन छन् ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया