सावित्रा भण्डारी व्यवसायिक फुटबल खेल्न फ्रान्सतर्फ प्रस्थान

 कात्तिक १५, २०८१ बिहीबार १२:२७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी व्यवसायिक फुटबल खेल्न फ्रान्स गएकी छिन् । हिजो राति भएको महिला साफ च्याम्पियनसीपको फाइनलमा बङ्गलादेशसँग नेपाल २–१ गोलले पराजित भएको थियो ।

खेल सकिएको १२ घण्टा पनि नबित्दै आज बिहानै सावित्रा टर्कीस एअरलाइन्सको जहाजबाट इस्तानबुल हुँदै फ्रान्सतर्फ प्रस्थान गरेकी हुन् । उनलाई विदाई गर्न एन्फा र राखेपका कुनै पनि पदाधिकारी र प्रतिनिधि विमानस्थल पुगेका थिएनन् । सावित्राले फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी छिन् । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया