‘द हङकङ सिक्सेस’ क्रिकेट : नेपालले अस्ट्रेलियालाई ११ रनले हरायो
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डौ – २०औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अहिले अस्ट्रेलियासँग खेल्दैछ । मिसन रोड ग्राउण्डमा खेल नेपाली समयअनुसार आज बिहान सवा ६ बजेबाट शुरु हुनेछ ।
नेपाल एक खेलअघि नै हङकङमा चलिरहेको ‘द हङकङ सिक्सेस’ प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत दोस्रो खेलमा इङ्ग्ल्याण्ड अष्ट्रेलियासँग पराजित भएसँगै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।
त्यसअघि हिजो बिहान भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो । इङ्ग्ल्याण्डसँगको खेलमा नेपालको यो ऐतिहासिक जीतसमेत हो ।
यस्तै नेपालले क्वाटरफाइनलमा आजै दिउँसो श्रीलङ्कासँग खेल्दैछ । नेपालले पहिलो पटक ‘द हङकङ सिक्सेस’ प्रतियोगिता खेलेको हो । प्रतियोगितामा १२ टोली सहभागी छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भोलि हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।