काठमाण्डौ उपत्यकामा छठको रौनक : धाप ड्यामको पानी बाग्मतीमा छाड्ने तयारी

 कात्तिक २१, २०८१ बुधबार १०:१५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा छठको रौनक शुरू भएको छ । तिहार सकिएलगत्तै  काठमाण्डौ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका ठाउँमा छठका लागि तयारी शुरू भएको हो ।

चार दिनसम्म मनाइने छठ पर्व अन्तर्गतको छठ पूजाका लागि काठमाण्डौका गौरीघाटलगायतका नदी किनारहरु सिङ्गारिएका छन् । कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको बताउनुभयो ।

यस्तै बाग्मती नदीमा पानीको सतह बढाउने तयारी पनि भइरहेको छ । एकीकृत बाग्मती सभ्यता विकास समितिअन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी बाग्मती नदीमा छाड्ने तयारी भएको जनाएको छ । बाग्मती नदीमा पानीको सतह बढाउन र बर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो

आयोजनाका उप–निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले आज बेलुकादेखि पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिनुभयो । समितिले छठ पर्वको दुई दिनसम्म वाग्मती नदीमा प्रतिसेकेन्ड चार सय लिटर पानी  छाड्ने तयारी गरिरहेको जनाएको छ । 
 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया