यू–१९ महिला टी–२० विश्वकप एशिया छनोट : नेपालले दियाे थाइल्यान्डलाई १ सय ३ रनको लक्ष्य

 कात्तिक २१, २०८१ बुधबार १७:९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले थाइल्यान्डलाई १ सय ३ रनको लक्ष्य दिएको छ ।

यूएईमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनायो । नेपालकी कप्तान पूजा महतोले सबैभन्दा धेरै ३५ रन बनाइन् । यस्तै सीमना केसी र सोनी पाख्रिनले समान १९ रन बनाए । थाइल्यान्डकी चरुकन सेमाले २ विकेट लिइन् ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्यान्ड, यूएई र कुवेत छन् । नेपालले दोस्रो खेलमा भोलि कुवेतसँग, आउँदो शनिवार यूएईसँग, कात्तिक २५ गते थाइल्यान्डसँग, कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा कात्तिक २८ गते यूएईसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टोली अर्काे वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया