२ दशकमा नेपालमा एकल महिलाको सङ्ख्या दोब्बरले बढ्याे, सम्बन्धविच्...
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै – सीतापाइला–धार्के सडक भोलिदेखि १५ दिनका लागि बन्द हुने भएको छ । काठमाण्डौको सीतापाइलाबाट धादिङको धार्के जोड्ने सडकको स्तरोन्नति गर्नका लागि भोलि कात्तिक २३ गतेदेखि १५ दिनका लागि बन्द हुने भएका हो ।
जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनाअनुसार याे सडक खण्डमा कालोपत्र गर्ने काम भइरहेकाले एम्बुलेन्स, सुरक्षा निकायका गाडी र हलुका चार पाङ्ग्रे गाडीबाहेकका सबै प्रकारका गाडीलाई सडक खण्डमा पूर्णरूपमा रोक लगाइने छ ।
प्रशासनले सडकको स्तरोन्नति अवधिभरि गाडी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । वैकल्पिक मार्गका रूपमा गल्छी–विदुर–छहरे–टोखा वा धार्के नौबिसे–नागढुङ्गा सडक प्रयोग गर्न सकिने साहयक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।