नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग १० विकेटल...
मंसिर १२, २०८१ बुधबार
च्याम्पियन्स लिगमा लिभरपुल फ्रेन्च क्लब पीएसजीसँग पराजित भएको छ । समूह डी अन्तर्गतको खेलमा लिभरपुल पीएसजीसँग पराजित भयो ।
पीएसजीको जितमा हुवान बर्नाट र नेयमारले एक गोल गरे । बर्नाटले १३ औं मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा नेयमारले पीएसजीको अग्रता २–० मा लम्ब्याए ।
पहिलो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै जेम्स मिल्नरले लिभरपुललाई खेलमा फर्काएका थिए । तर बाँकी समयमा गोल हुन नसक्दा लिभरपुल पराजित भयो ।
पराजयको बावजुत लिभरपुलको नकआउट चरणमा पुग्न आशा कायमै छ । समूह सीमा लिभरपुल ६ अंक सहित तेस्रो स्थानमा छ भने पीएसजी आठ अंक सहित दोस्रो स्थानमा छ । नकआउट चरणमा पुग्नका लागि समूहको अन्तिम खेलमा लिभरपुललाई नेपोलीमाथि अनिवार्य जित आवस्यक छ ।
नेपोलीसँग बराबरीमा रोकिएको खण्डमा गएको सिजनको उपविजेता लिभरपुल बाहिरिनेछ । पीएसजीलाई भने अन्तिम खेलमा बराबरी पर्याप्त हुनेछ । टोटनह्यामले इन्टरमिलानलाई १–० ले हराउँदै नकआउट चरणको आशा कायमै राखेको छ ।
क्रिष्टियन इरिक्सनको गोलको सहयोगमा तीन अंक जोडेपछि टोटनह्यामले समूहमा सात अंक बनाएको छ । अन्तिम खेलमा उसले पीएसभीसँग खेल्नेछ भने बार्सिलोना मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।