एनपीएल : पाेखरा र काठमाण्डाै तथा चितवन र जनकपुर खेल्दै
मंसिर २९, २०८१ शनिबार
काठमाण्डौ – आज नोभेम्बर १२ तारिख, निमोनियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनले तय गरेको ‘निमोनिया रोकथामका लागि लडाइँ अभियान’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।
सन् २००९ देखि मनाउन थालिएको दिवस त्यसयता हरेक वर्ष नोभेम्बर १२ तारिखका दिन मनाउने गरिएको छ । दिवसका अवसरमा निमोनिया र यसबाट बच्ने उपायका बारेमा विभिन्न चेतनामुलक कार्यक्रम हुँदै आएका छन् ।
निमोनिया भनेको फोक्सोमा हुने सङ्कमण हो । निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हान्ने हुन्छ । कडा निमोनियाले मानिसको ज्यानसमेत जान सक्छ । निमोनियालाई बालमृत्युको सबैभन्दा ठूलो कारण मानिन्छ ।
सरकारले निमोनियाबाट हुने बाल मृत्युदरलाई रोक्न सन् २०१५ देखि राष्ट्रिय खोप अभियान नै सञ्चालन गरिरहेको छ । निमोनियाविरुद्धको खोप बालबालिकालाई तालिका अनुसार नियमित लगाउन सके मात्र पनि निमोनिया रोगबाट बच्न सकिने बालरोग विशेषज्ञ डा.पुजा अमात्यले बताउनुभयो ।
उज्यालोसँगको कुराकानीमा उहाँले निमोनिया रोग लाग्न नदिन आफ्ना बालबच्चालाई पर्याप्त स्तनपान गराउन आवश्यक रहेको बताउनुभएको छ । निमोनिया सङ्क्रमणबाट जोगिन घर वरपरको वातावरण स्वच्छ र सफा बनाएर धुवाँ, धुलो, चिसो र प्रदुषणबाट बच्नुपर्ने डा.अमात्यको सुझाव छ ।
यसैबीच चिसो बढेसँगै स्वास्थ्य संस्थामा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । चिसो मौसममा पाँच वर्ष मूनीका बालबालिकालाई रुघाखोकी, झाडापखाला, निमोनिया, दमजस्ता समस्या देखिने गर्छ ।
अभिभावकले ख्याल नगर्दा वा गलत उपचार गर्दा बालबालिकाको स्वास्थ्यमा जटिलता देखिने र कतिपयलाई आईसीयूमै राख्नुपर्ने अवस्था आउने भएकाले सङ्क्रमण भएका बालबालिकालाई समयमै अस्पताल लैजानुपर्ने डाक्टरहरु बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।