हावाहुरी र चट्याङका कारण अस्ट्रेलिया र पाकिस्तानबीचको टी–२० क्रिकेट अझै शुरू हुन सकेन

 कात्तिक २९, २०८१ बिहीबार १५:६:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्रिकइन्फाे

काठमाण्डाै – अस्ट्रेलिया र पाकिस्तानबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट अझै शुरू हुन सकेको छैन ।

ब्रिसबेनको गब्बामा हावाहुरी र चट्याङका कारण खेल अझै शुरू हुन नसकेको हो । यो खेल दिउँसो पौने २ बजे शुरू हुने तालिका थियो । यो खेलको टस पनि हुन सकेको छैन ।

घरेलु टोली अस्ट्रेलिया र पाकिस्तानबीच तीन खेलको टी–२० शृङ्खला आजदेखि शुरू हुन लागेको हो । टी–२० शृङ्खलाको दोस्रो खेल पर्सि शनिवार र तेस्रो तथा अन्तिम खेल आउँदो सोमवार हुनेछ ।

यसअघि भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला पाकिस्तानले २–१ ले जितेको थियो । पाकिस्तानले २२ वर्षपछि अस्ट्रेलियामा एकदिवसीय शृङ्खला जितेको हो ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया