चीनले आफ्ना नागरिकलाई भन्याे– ‘अमेरिका जानुअघि साेच्नु’

 चैत २८, २०८१ बिहीबार १४:५६:२२ | एजेन्सी
unn.prixa.net

चीनले आफ्ना नागरिकलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह गरेको छ । अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको 'ट्राभल एड्भाइजरी' मा नागरिकलाई सावधानीपूर्वक यात्रा गर्न र अमेरिका जानुअघि सम्भावित जोखिमको पूर्ण मूल्याङ्कन गर्न सुझाव दिइएको हो ।

चीन–अमेरिका आर्थिक र व्यापार सम्बन्धमा गिरावट र अमेरिकाको घरेलु सुरक्षा नीतिका कारण एड्भाइजरी जारी गरिएको मन्त्रालयले जनाएको छ । यस्तै चीनको शिक्षा मन्त्राललयले पनि आफ्ना विद्यार्थीलाई अमेरिकामा अध्ययनको निर्णय गर्नुअघि सुरक्षा जोखिम आँकलन गर्न चेतावनी दिएको छ ।

भन्सार महसूललाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ । चीनले अमेरिकी वस्तुमा ८४ प्रतिशत भन्सार शुल्क घोषणा गरेको छ । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामग्रीमा एक सय २५ प्रतिशत भन्सार शुल्क लगाउनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सबै देशका लागि भन्सार शुल्क लगाउनुभएको भए पनि चर्को आलोचनापछि आज चीनबाहेकका देशमा ९० दिनका लागि स्थगित गर्नुभएको छ । चीनले जवाफी कर लगाएकोले फिर्ता नगरेको अमेरिकाको दाबी छ ।

यसैबीच चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङ्गले आफूहरू नयाँ करनीतिबाट पछि नहट्ने बताउनुभएको छ । सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै उहाँले यो व्यापार युद्ध जति लामो चले पनि चीन कहिल्यै नझुक्ने बताउनुभएको हो ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया