झापामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो
मंसिर २, २०८१ आइतबार
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पले सम्हालेपछि चाँडै रुससँगको युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । युक्रेनी रेडियोसँगको कुराकानीमा उहाँले ह्वाइट हाउसको नेतृत्व गर्ने नयाँ टोलीको नीतिसँगै रुससँगको युद्ध चाँडै समाप्त हुने निश्चित रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।
राष्ट्रपतिमा विजयी भएपछि ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा आफूसँग सौहार्दपूर्ण कुरा भएको र युक्रेनको अडान विपरित ट्रम्पले कुरा नगरेको भन्दै उहाँले कुटनीतिक माध्ययमबाट युद्ध रोक्न तयार रहेको बताउनुभएको छ । राष्ट्रपति जेलेस्कीले युद्धभूमिमा रुसी सेनाले प्रगति गरिरहेको र स्थिति कठिन बन्दै गएको स्वीकार पनि गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आफ्नो प्राथमिकता युद्धको अन्त्य गर्ने र युक्रेनलाई दिँदै आइएको सैन्य सहायता रोक्ने बताउँदै आउनुभएको छ । तर ट्रम्पले युद्धको अन्त्य कसरी हुन्छ भन्नेबारे अझै केही खुलाउनुभएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।