यूईएफए नेशन्स लिग : जर्मनीले बोस्नियालाई ७ र नेदरल्यान्ड्सले हङ्गेरीलाई ४ गोलले हरायो

 मंसिर २, २०८१ आइतबार ८:२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – यूईएफए नेशन्स लिगमा जर्मनीले बोस्नियालाई सात गोलले हराएको छ । टिम क्लेनडिनेस्ट र फ्लोरिन विर्टजको दुई/दुई गोलमा जर्मनीले सात गोलको फराकिलो जित निकालेको हो ।

प्रतियोगिताको छ वर्षको इतिहासमा यो अहिलेसम्मको सबैभन्दा ठूलो अन्तरको जीतसमेत हो । जीतसँगै जर्मनीले एक खेल अगाडि नै लिग–ए ग्रुप–थ्री जित्ने निश्चित भएको छ ।

जर्मनी यसअघि नै प्रतियोगिताको क्वाटरफाइनल पनि पुगिसकेको छ । समूहकै अर्को खेलमा नेदरल्यान्ड्सले हङ्गेरीलाई ४–० ले पराजित गर्‍यो । जीतसँगै नेदरल्यान्ड्सले अर्काे चरण पुग्ने सम्भावना बलियो बनेको छ ।

लिग–बी ग्रुप–वानमा जर्जिया र युक्रेनले एक/एक गोलको बराबरी तथा अल्बानिया र चेक गणतन्त्रले गोलरहित बराबरी खेलेका छन् । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया