ए डिभिजन लिग: पाँचौं चरणको खेल शुक्रबारदेखि

 मंसिर १३, २०७५ बिहीबार १७:३२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबारदेखि पाँचौं चरणको खेल हुँदैछ ।

एन्फा मैदान ललितपुरमा आज विहान ११ बजे न्यूरोड टिम एनआरटी र विभागीय क्लब नेपाल पुलिस आमने सामने हुँदै छन् । जारी लिगमा एनआरटीले एउटा खेलमा बराबरी गर्नु बाहेक बाँकी तीन वटा खेल गुमाउँदै तालिकाको पुछारमा रहेको छ ।

विगतका लिगमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाल पुलिस यस सिजनमा फर्ममा आउने प्रयासमा छ । ४ मध्य २ खेलमा जित एकमा बराबरी र एक खेलमा पराजित हुँदै ७ अंक जोडेको छ । छैटौं स्थानमा रहेको पुलिस आजको खेल जित्दै केहीबेरका लागि भए पनि चौथो स्थानमा उक्लने प्रयासमा हुने छ ।

दिँउसो साढे २ बजे रुस्लान थ्री स्टार र अर्को विभागीय क्लब सशस्त्र प्रहरीको एपीएफ भिड्दै छन् । थ्री स्टारले तीन खेल जित्दा मनाङसँग भने पराजित भएको थियो ।

थ्री स्टारले जारी लिगमा ९ अंक जोड्दै चौथो चरणको समाप्तिमा चौथो स्थानमा राखेको छ । एपीएफले एक खेलमा जित, एकमा बराबरी गर्दा २ खेल गुमाएको छ ।
४ अंक जोडेको एपीएफ तालिकाको नवौं स्थानमा रहेको छ । चौथो चरणको समाप्तिमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । उसले १२ अंक जोड्दा तीन खेलमा जित र एक खेलमा बराबरी गरेको त्रिभुवन आर्मी १० अंक सहित दोस्र्रो स्थानमा रहेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया