विश्व जलवायु सम्मेलन 'कोप–२९' जलवायु वित्तको नयाँ लक्ष्य निर्धारण गर्न असफल

 मंसिर ८, २०८१ शनिबार १५:१६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व जलवायु सम्मेलन कोप—२९ नयाँ सामूहिक वित्तीय लक्ष्य निर्धारण गर्न असफल भएको छ । जलवायु वित्तको सम्मेलनका रूपमा हेरिएको कोप–२९ मा जलवायु कार्यका लागि सन् २०२५ देखि २०३५ सम्मको नयाँ लक्ष्य निर्धारणसम्बन्धी प्रस्तावमा आएको दुई सय ५० बिलियन अमेरिकी डलरको रकममा अल्पविकसित देशले असहमति जनाएपछि वित्तमा सहमति हुन नसकेको हो ।

दुई वर्ष लगाएर तयार पारेको मस्यौदामा दुई सय ५० बिलियन डलर प्रस्ताव गरिएपछि गरिब देशहरू आक्रोशित बनेका छन् । यो रकम पेरिस सम्झौताको तुलनामा ६० प्रतिशत मात्रै रहेको गरिब देशहरूको टिप्पणी छ । रकम वृद्धिमा हुनुपर्नेमा पुरानो प्रतिबद्धताबाट ४० प्रतिशत पछि हट्नु अस्वीकार्य भएको उनीहरूको प्रतिक्रिया छ ।

अहिले नेपालको प्रतिनिधि टोलीको नेतृत्व गरिरहनुभएका वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख सिन्धुप्रसाद ढुंगानाले गरिब देशहरूको समूहको तर्फबाट जलवायु वित्तको रकम समय सापेक्ष नहुनु दुःखद रहेको बताउनुभयो । यस्तै सम्मेलनमा सहभागी जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायु वित्तको नयाँ लक्ष्य निर्धारणमा धनी देशहरूको प्रतिबद्धता समय सापेक्ष नभएपछि निर्णयमा पुग्न नसकेको बताउनुभयो ।

यसैबीच नेपालले महत्त्वका साथ उठाएको पर्वतीय मुद्दा कोपको प्रतिवेदनमा परेको जलवायु महाशाखा प्रमुख ढुंगानाले जानकारी दिनुभयो । प्रतिवेदनमा परेको विषयले जलवायु परिवर्तनमा नेपालले हिमाल बचाउन गरेको मेहनतले सार्थकता पाएको छ ।

आउँदा दिनमा हिमाल संरक्षणमा नेपालले विश्व मञ्चमा प्रभावकारी उपस्थिति दिनसक्ने जलवायु महाशाखा प्रमुख ढुंगानाले बताउनुभयो । यस्तै नेपालले उठाएको हानि, नोक्सानी कोष प्राप्त गर्ने विषयमा पनि प्रगति भएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया