परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्ने भएको छ । आउँदो पुस ११ र १२ गते काठमाण्डौमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको हो ।
सम्मेलनले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीहरूको समाधान खोज्न र संवाद गर्न सहज हुने अपेक्षा गरिएको छ । सम्मेलनले प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई नजिक ल्याई आपसी सिकाइ र दीर्घकालीन रणनीतिहरू निर्माण गर्न कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।
प्रवासी नेपालीहरूको विशेषज्ञता, स्रोत र साझेदारीमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याउन सक्ने योगदानको पहिचान गर्नु, विश्वव्यापी र स्थानीय स्वास्थ्य प्रदायकहरूबीच ज्ञान आदानप्रदानको सुविधा प्रदान गर्नु, अनुसन्धान र तालिमका अवसरहरूको प्रवर्द्धन गर्नु र प्रवासीहरूको दीर्घकालीन सहभागिता सुनिश्चित गर्नका लागि नीतिगत पहलहरू पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।