आईसीसीले च्याम्पियन्स ट्रफीका लागि 'हाइब्रिड' मोडल प्रस्ताव गर्ने...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगमा नेपाल प्रहरीले तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा प्रहरीले एनआरटीलाई तीन शून्यले हरायो ।
सातदोबाटोमा रहेकाे एन्फा मैदानमा भएको खेलमा प्रहरीका लागि नीर कुमार राईले दुई गोल गरे । ३० मिनेटसम्म गोलरहित बराबरी भएको खेलको ४० औं मिनेटमा प्रहरीले अग्रता लियो । नीरले हेडर गोल गर्दै पुलिसलाई अग्रता दिलाए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको प्रहरीले दोस्रो हाफमा दुई गोल थप्यो । जसमा खेलको ६६ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै अग्रता दुई शून्यमा पुर्याए । त्यसपछि ८१ औं मिनेटमा प्रहरीले तेस्रो गोल गर्यो ।
यसपटक उसका लागि निरकुमार राईले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यसपछि एनआरटी खेलमा फर्कन सकेन र प्रतियोगितामा चौथो हार ब्यहोर्यो । जितसँगै प्रहरी पाँच खेलबाट १० अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।