नेपालमा अभिलेख भएका चराको प्रजाती सङ्ख्या ८ सय ९७ पुग्यो

 मंसिर १५, २०८१ शनिबार १५:२१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा अभिलेख भएका चराको प्रजाती सङ्ख्या आठ सय ९७ वटा पुगेको छ । मुस्ताङको चैले गाउँमा नयाँ प्रजातीको चरा भेटिएसँगै चराका प्रजातीको सङ्ख्या आठ सय ९७ पुगेको नेपाल बर्ड रेकर्ड कमिटिका अध्यक्ष डा. तुल्सी सुबेदीले जानकारी दिनुभयो । उहाँकाअनुसार चराविद् शङ्कर तिवारीले पदयात्राका क्रममा मुस्ताङको चैले गाउँमा नयाँ प्रजातीको चरा फेला पार्नुभएको हो ।

वैज्ञानिक नाम टुरडुस नौमन्नी रहेको चराको नेपाली नाम नेपाल बर्ड रेकर्ड कमिटिले गेरुमुहार चाँचर राखेको छ । मुल रूपमा रुसमा आवासीय रूपमा पाइने र प्रजनन् गर्ने यो चरा चीन, जापान, कोरिया, मंगोलिया र जापानमा पनि पाइन्छ ।

बसाइसराइको बेला यसले बिशेषगरी मङ्गोलियाको बाटो प्रयोग गरेको पाइएको छ । यो चरा बसाइ सर्ने क्रममा बाटो विराएर नेपाल आएको हुन सक्ने नेपाल बर्ड रेकर्ड कमिटिका अध्यक्ष डा. तुल्सी सुबेदीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया