एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – सुनसरीमा प्रहरीले सरकारी नम्बर प्लेटका दुई वटा गाडीबाट ६ सय ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धरानको टोलीले गएराति धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको गाडीबाट गाँजा बरामद गरेको हो ।
धरान उपमहानगरपालिका–१३ अमरहाट भन्ने ठाउँमा प्रहरीको जाँच छलेर भाग्ने क्रममा गाडीलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली फायर गर्नुपरेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बा १ झ ५१२७ नम्बर प्लेट कानून तथा न्याय मन्त्रालयको गाडीसँग मेल खाएको छ । त्यसैगरी बा १ झ ४६०५ नम्बर प्लेट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडीसँग मिलेको छ । तर नम्बर प्लेट मिले पनि गाडी सम्बन्धित कार्यालयको हो कि होइन भन्ने विषय अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताउनुभयो ।
प्रहरीले गाँजासहित मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का श्यामकुमार विश्वकर्मालाई पक्राउ गरेको र फरार भएका अर्का चालकको खोजी भइरहेको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।