एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाै उपत्यका विकास प्राधिकरणले मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिएको छ ।
प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर काठमाण्डाै उपत्यकाभित्रका क्षेत्रमा योजना अनुमति लिएर मात्र निर्माण कार्य अघि बढाउनुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै यो निर्देशनलाई अटेर गरेमा प्राधिकरण आफैंले हटाउने र त्यसमा लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल्ने चेतावनी दिएको छ ।
जग्गा विकास, सामूहिक आवास, संयुक्त आवास एवम् संस्थागत, सार्वजनिक, व्यापारिक, मिश्रित, आवासीय, सांस्कृतिक समारोह, भोजभतेर स्थल, अस्पताल, विद्यालय, सभा सम्मेलन भवन, कलेज, नर्सिङ होमका संरचना निर्माण गर्दा प्राधिकरणको अनुमति लिनुपर्ने व्यवस्था छ ।
प्राधिकरणले मापदण्ड विपरीत भए/गरेका निर्माण कार्य हटाउन/भत्काउन आदेश दिने, त्याे बमोजिम नगरेमा प्राधिकरण आफैंले हटाउने, त्यस्तो सम्पत्ति कुनै व्यहोराले हक छाडिदिन वा किनबेच, अंशबन्डा गर्न, बैंक तथा वित्तीय संस्थालाई धिताे बन्धकी दिन नपाउनेगरी रोक्का राख्न लेखी पठाउन सक्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।