एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता

 मंसिर १९, २०८१ बुधबार १८:२९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगमा एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता भएका छन् ।

आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउनुभएको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा एक सय २० वटा उजुरी दर्ता भएका हुन् । एक वर्षमा नयाँ एक सय ९० र पुरानासमेत गरी तीन सय ६८ वटा उजुरीमाथि अनुसन्धान सम्पन्न भएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानसम्बन्धी विषयमा एक सय ६१ वटा उजुरीगत सिफारिश र पाँच वटा नीतिगत सिफारिश गरेको प्रतिवेदनमा उल्लेख छ । दुई सय ७६ उजुरी तामेलीमा राखेको र १५ वटा उजुरी खारेज गरेको आयोगले जनाएको छ ।

आयोगले एक वर्षमा चार जनालाई दोषी किटान गरेको छ । यस्तै नौ जनालाई विभागीय कारबाहीको सिफारिश र ९० जना पीडित तथा पीडितका परिवारलाई क्षतिपूर्ति  उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिश गरेको आयोगले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया