एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – असोज दोस्रो हप्ताको बाढी पहिरोबाट क्षति भएको बीपी राजमार्गको विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्नेगरी अध्ययन अगाडि बढाइएको छ ।
भीषण बाढी र पहिरोबाट सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गालगायत जिल्लामा पुग्ने यातायातको मुख्य आधारका रूपमा रहेको बीपी राजमार्गको विभिन्न भागमा सामान्य क्षतिसँगै रोशी आसपासका करिब १० किलोमिटर सडक पूर्णरूपमा क्षति पुगेको थियो ।
सडक विभागले हाल भकुण्डेबेँसीबाट नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकको स्तरोन्नतीसँगै पुनःनिर्माणको प्रक्रियाको काम अगाडि बढाउने तयारी गरेको छ ।
सडकको स्तरोन्नती र पुनःनिर्माणको लागि विभागले परामर्शदाताको रूपमा ‘रिप्पल ट्रेनिङ्ग एण्ड कन्सल्टिङ्ग सर्भिसेज’सँग सम्झौता गरी विस्तृत प्राविधिक प्रतिवेदन तयारको काम अघि बढाएको छ । परामर्शदाताले मौजुदा प्रतिवेदनसमेत तयार गरिसकेको र सोको ‘फिल्ड भेरिफिकेसन’ समेत सम्पन्न गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आवश्यक परिमार्जन गरी विस्तृत प्राविधिक प्रतिवेदन तयार गर्न र वर्षाको समयमा यातायात सञ्चालन गर्नेगरी आवश्यक कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।