एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – आज ११ औँ विश्व माटो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्वस्थ माटोको महत्त्वबारे जनचेतना जगाउन र माटोको उर्वराशक्तिको दिगो व्यवस्थापनका लागि पैरवी गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाइन्छ ।
यसवर्ष ‘माटोको सुधार : परीक्षण, रेखदेख र उपचार’ नाराका साथ माटोको गुणस्तर बारेमा प्रचारप्रसार, माटो परीक्षण लगायतका कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्वका विभिन्न देशमा जस्तै नेपालमा पनि खेतीयोग्य जमिनका माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिनप्रतिदिन बढिरहेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रलगायत सङ्घ संस्थाहरूले गरेको अध्ययनले माटोमा अम्लीयपनको समस्या पनि बढेको देखाएको छ ।
रासायनिक मलको असन्तुलित प्रयोग, उपयुक्त सिँचाइ प्रविधिको कम प्रयोग, प्राङ्गारिक मलको न्यून प्रयोग लगायतका कारण माटोको गुणस्तर कमजोर हुँदै गएको कृषिविज्ञले बताएका छन् । उत्पादनका मुख्य आधारहरु माटो, पानी र मौसम हुन् ।
कुनै एक आधारमा फेरबदल हुँदा समग्र उत्पादन नै प्रभावित हुने भएकाले सिँचाईको व्यवस्थापनसँगै माटोको गुणस्तरमा ध्यान दिन कृषि विज्ञहरुको आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।