नेपाल प्रहरीको जवान पदमा नयाँ भर्ना खुल्यो

 मंसिर २१, २०८१ शुक्रबार ७:२९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ । नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखाअन्तर्गतको भर्ना छनौट शाखाले १ हजार एक सय ६५ पदमा नयाँ भर्ना खुलाएको हो । यस्तै ४७ भान्छे र ११ कुचीकार पदमा पनि नयाँ भर्ना खुलेको छ ।

भर्ना छनौट शाखाका अनुसार कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बाग्मती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवल, कर्णाली प्रदेश तालिम केन्द्र बाँके, सुदूरपश्चिम तालिम केन्द्र दियायलका साथै काठमाण्डौ, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यायलबाट फारम भर्ने व्यवस्था मिलाइएको छ ।

यही मङ्सिर २७ गतदेखि माघ ७ गतेसम्म फारम भर्न सकिने सूचनामा उल्लेख छ ।


 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया