सुन्तला महोत्सवका लागि पाल्पाका दुई पालिकामा स्थानीय बिदा

 मंसिर २१, २०८१ शुक्रबार १२:४५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – पाल्पाका दुई पालिकाले संयुक्त रूपमा आयोजना गरेको सुन्तला महोत्सवका लागि स्थानीय बिदा दिएका छन् । भोलि र पर्सि दुई दिन आयोजना हुने सुन्तला महोत्सव सफल पार्न भन्दै पाल्पाका रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले पर्सि २३ गते आइतवार स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।

दुई गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित सुन्तला महोत्सव मूल आयोजक समितिको भेलाले मङ्सिर २३ गते स्थानीय बिदा दिने निर्णय गरेको रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो ।

महोत्सवले सुन्तलाको उत्पादन, बजार  प्रवर्द्धन, सुन्तलाबाट बन्ने परिकारका साथै बगैँचा व्यवस्थापनमा समेत सीप र ज्ञानको विकास हुने भएकाले दुई पालिकाको आयोजनामा दोस्रो सुन्तला महोत्सव आयोजना गरिएको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई र रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो ।

रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको संयुक्त आयोजनामा कटौजेपानी खेल मैदानमा महोत्सव सञ्चालन हुने छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया