एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले शारीरिक सुगठन च्याम्पियनशिपका रजत पदक विजेतालाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ । महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले १५औं वर्ल्ड बडी बिल्डिङ एन्ड फिजिक च्याम्पियनशिप २०२४ का रजत पदक विजेता खेलाडीलाई सम्मान गर्नुभएको हो ।
गएकाे कात्तिक २० देखि २५ गतेसम्म वर्ल्ड बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स फेडेरेशनले माल्दिभ्समा आयोजना गरेको खेलका पदक विजेतालाई महानगरकाे सामाजिक विकास विभागले आयोजना गरेको कार्यक्रममा नगदसहित सम्मान गरिएको हो ।
प्रतियोगितामा ६० किलो तौल समूहतर्फ रुजेश शाही, मास्टर्स ४० वर्ष उमेर समूहतर्फ प्रज्वलमान शाक्य, महिला ५५ किलो तौल समूहतर्फ रजनी श्रेष्ठ, पिस स्विमस्विट १६५ सेन्टिमिटर महिलातर्फ सनम मुलगुठीले रजत पदक प्राप्त गर्नुभएको थियो ।
महानगरपालिकाले खेल क्षेत्रको प्रवर्द्धन र खेलाडीको आत्मबल बढाउन राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेतालाई नगदसहित सम्मान गर्ने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।