अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते

 मंसिर २२, २०८१ शनिबार १६:५१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – शितगङ्गा नगरपालिकामा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । गोरुसिङ्गे सन्धिखर्क सडकअन्तर्गत शितगङ्गा नगरपालिका–४ कोप्चेवासमा भे १ ख २११८ नम्बरको बसले लु ३० प २५४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरिक्षक विष्णु पौडेलका अनुसार  घाइतेमध्ये चार जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको छ । अरूको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैजसो बाँके जिल्लाका रहेका छन् ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया