एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
काठमाण्डौ – बाराको बरियारपुरमा लाग्ने प्रसिद्ध गढीमाई मेलामा चहलपहलसँगै दर्शनार्थीको भीड बढेको छ । गढीमाई दर्शनका लागि दर्शनार्थीको भीड र व्यापारले मेलाको रौनक बढाएको छ ।
अस्ति शुक्रवारदेखि पाँच दिनका लागि स्थानीय विद्यालय बन्द गरिएको छ । मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । गढीमाईमा हरेक पाँच वर्षमा विशेष मेला लाग्ने गर्छ ।
मेलामा दर्शनार्थीको सहजताका लागि सुरक्षा व्यवस्था, बिजुली बत्ती, सीसी क्यामरा, शौचालय, पार्किङ, खानेपानीलगायतको व्यवस्थापन मिलाएको मेला मूल समितिका प्रवक्ता विजय स्वर्णकारले बताउनुभयो । मेलामा सादा पोसाकसहितका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।
यसैबीच खानेपानीमन्त्री प्रदीप यादवले पञ्चवर्षीय गढीमाई मेलामा आउने श्रद्धालु भक्तजनलाई चौबिसै घण्टा शुद्ध एवम् स्वच्छ खानेपानीसहित आधारभूत सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ । मेला अवधिभर शुद्ध एवम् स्वच्छ खानेपानी वितरण गरिने खानेपानी संस्थान बारा कलैया शाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।