आज र भोलि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना : पूर्वतयारी र सतर्कता अपनाउन आग्रह

 मंसिर २३, २०८१ आइतबार ६:५१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज र भोलि देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बेलुकादेखि मौसम बदली हुने सम्भावना छ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज बेलुकादेखि भोलि रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली धेरै ठाउँमा तथा गण्डकी, बाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम बदली, हल्का वर्षा र हिमपातको असरले तापक्रम थप घट्ने र चिसो बढ्ने सम्भावना छ । वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोधसमेत गरिएको छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया