एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – आज डिसेम्बर आठ तारिख अर्थात अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर डिसेम्बर ८ लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो । यस वर्षको नारा ‘यौन तथा प्रजनन् स्वास्थ्य अधिकार : मर्यादित महिनावारी हो आधार’ भन्ने रहेको छ ।
महिनावारी प्राकृतिक अवस्था भए पनि निषेध, विभेद र बार्नुपर्ने कुराहरु अभ्यासमा छन् । यस्ता अभ्यासहरूले महिनावारी हुने व्यक्तिको सशक्तिकरण, स्वास्थ्य, शिक्षा, रोजगारलगायतमा अल्पकालीन र दीर्घकालीन रुपमा असर पार्दै आएको छ ।
महीनावारीलाई विभेद र छुवाछुत नभई अब मानवअधिकारको दृष्टिकोणबाट बुझ्नुपर्नेमा अधिकारकर्मीहरुको जोड रहेको छ । महिनावारीसँग जोडेर कुनै पनि किसिमको छुवाछुत, विभेद, दुव्र्यवहार वा हिंसामुक्त अवस्था नै मर्यादित महिनावारी हो ।
मर्यादित महिनावारीमा सामान्यतया २५ दिन र ५ दिनमा कुनै पनि किसिमको विभेद, हिंसा, हुनु हुँदैन । मर्यादित महिनावारीले हाम्रो वरपर भएका अन्धविश्वास, डर,मौनता मिथ्या, भ्रम, कुसंस्कारलाई चिर्न अझै बहस जरुरी रहेको छ ।
मर्यादित महिनावारी दिवसको यस वर्ष छैटौँ संस्करण हो । नेपाल सरकारले २०१७ मा मर्यादित महिनावारी नीति २०७४ (मस्यौदा) तयार गरी काम गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।