गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखराका व्यवसायी कोशी र मधेस प्रदेशको भ्रमणमा

 मंसिर २३, २०८१ आइतबार ९:३०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले पोखराका पर्यटन व्यवसायी पूर्वको भ्रमणमा निस्केका छन् । नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रालयको सहयोगमा ३० जनाको टोली कोशी र मधेस प्रदेशको भ्रमणमा गएको हो ।

टोलीले कोशी र मधेस प्रदेशका मुख्य शहरमा गण्डकी प्रदेशको पर्यटकीय गन्तव्यको प्रचारप्रसार, प्रवर्द्धनात्मक र अन्तरक्रिया कार्यक्रम गर्नेछ । अन्तरप्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम मङ्सिर २८ गतेसम्म सञ्चालन हुने नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले जानकारी दिनुभयो ।

पर्यटन व्यवसायीको टोलीले मधेश प्रदेशको जनकपुरमा, कोशी प्रदेशको इलाम र विराटनगरमा कार्यक्रम गर्ने नाट्टा गण्डकी पूर्व अध्यक्ष हरिराम अधिकारीले बताउनुभयो । साथै प्रदेश तथा पालिकासँग सहकार्य बढाउने, पर्यटन व्यवसायी, उद्योगी व्यवसायीलगायतलाई पोखरा भ्रमणको निम्तो दिने तयारी छ ।

यसबाट देशभित्रै आर्थिक गतिविधि बढाउन, स्थानिय संस्कृति, परम्पराको पहिचान गर्न एवम् आन्तरिक पर्यटनलाई टेवा पुग्ने विश्वास गरिएको छ ।
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया