विवाहपञ्चमीको अवसरमा ३४ जोडीको सामूहिक विवाह

 मंसिर २३, २०८१ आइतबार १२:४६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – विवाहपञ्चमी महोत्सवको अवसरमा धनुषाको जनकपुरधाममा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा विश्व हिन्दु परिषद् नेपालको आयोजनामा ३४ जोडीको सामूहिक विवाह सम्पन्न गरिएको हो । उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषद्ले व्यवस्थापन गरेको छ ।

परिषद्का जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार २० वर्ष पुगेको नागरिकता वा जन्मदर्ताको आधारमा उनीहरुलाई विवाहमा सहभागी गराइएको थियो । सामूहिक विवाह कार्यका लागि आर्थिक सहयोग सङ्कलन गरी खर्च जुटाउने गरिएको छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया