एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाभित्र रूखमा झिलिमिली र लहरे बत्ती राख्न नपाइने भएको छ । काठमाण्डौ महानगरपालिकाको कार्यपालिका बैठकले झिलिमिली लहरे बत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड २०८१ पास गरेसँगै रुखमा झिलिमिली बत्ति बाल्न नपाइने भएको हो ।
पछिल्लो समय घर, होटल तथा रेष्टुरेन्ट परिसरका रूखमा झिलिमिली बत्ति राख्ने चलन बढ्दै गएको थियो । विभिन्न निकायले सडक छेउँका रुखमा पनि झिलिमिली बत्ति बालिरहेका छन् । अबदेखि कुनै पनि व्यक्ति वा संस्थाले सार्वजनिक र निजी जुनसुकै ठाउँका रूखमा पनि झिलिमिली र लहरे बत्ती प्रयोग गर्न नपाउने महानगरको कानून विभागका प्रमुख वसन्त आचार्यले जानकारी दिनुभएको छ ।
मापदण्डको दफा २ मा महानगरभित्रको सार्वजनिक ठाउाँ तथा निजी स्वामित्वमा रहेका रूख विरूवामा कुनै पनि लहरे बत्ती प्रयोग गर्न नपाइने उल्लेख । रुखमा लहरे र झिलिमिली बत्ति राख्दा चराचुरुङी डरले भाग्ने, जीवनचक्र नै विथोलिने, किरा फट्याङ्ग्रा भाग्ने, गाडी दुर्घटना बढ्ने र मानव स्वास्थ्यकै लागि हानिकारक हुने भन्दै अभियन्ताहरुले रुखमा झिलिमिली वत्ति बाल्न नहुने बताउँदै आएका थिए ।
बत्ती राख्नु परेमा महानगरको वातावरण विभागबाट स्वीकृति लिनुपर्नेछ । जात्रा पर्वको समयमा भने स्वीकृति नलिइकनै पनि रुखमा बत्ति राख्न पाइनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।